भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन् « Khabarhub

भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन्


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले निष्कासित गरेपछि एक वर्षसम्म मातृभूमि अभियान चलाएका डा. भीम रावल यतिबेला नेपाली कम्युनिस्ट पार्टीका नेता भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको नेता रावल एमालेमा हुँदा पनि अध्यक्ष केपि शर्मा ओलीप्रति आक्रमक थिए । दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेदेखि ओलीद्वारा किनारा पारिएका उनले शुक्रबार धनगढीमा नेकपाको शक्ति प्रदर्शन गरे ।

उनले त्यसक्रममा पनि एमाले अध्यक्ष ओलीलाई नै आक्रमण गरेका छन् । उनले तत्कालीन प्रधामन्त्री ओली गत भदौ २४ गते‘देशलाई सुरक्षा दिन नसकेर हेलिकप्टरबाट भागेको’ कडा टिप्पणी गरे ।

धनगढीमा पार्टीको एकता सन्देश सभालाई सम्बोधनका क्रममा उनले राष्ट्रिय सुरक्षा समितिको बैठकसमेत बोलाउन नसकेर ओली भागेको आरोप लगाए ।

‘देशलाई सुरक्षा दिन नसकेर, राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउन नसकेर हेलिकप्टरबाट भागेका ओली जस्ता व्यक्तिहरूले अहिले भक्तपुरको कुनामा बसेर जनतालाई धम्क्याउने, तर्साउने?,’ रावलले प्रश्न गरे, ‘त्यस्ता कुरा रोक्न तपाईं कार्यकर्ताहरू अगाडि बढ्नुहोस्।’

उनले कम्युनिस्ट कार्यकर्ताहरूलाई अब नेकपाले नेतृत्व दिने पनि बताए । एमालेका पूर्वउपाध्यक्ष उनी नेकपामा छैटौँ वरीयताका नेता का रुपमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : १९ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको