कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ « Khabarhub

कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वपर्यटमन्त्री एवम् नेकपा (एमाले) का संघीय मामिला तथा प्रशासन विभाग सदस्य कृपाशुर शेर्पाले भोजपुर जिल्ला कमिटीले आफूविरुद्ध कारबाही गरेकामा आपत्ति जनाएका छन्।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले कुनै पनि रूपमा पार्टी वा नेतृत्वलाई असर पर्ने अभिव्यक्ति नदिएको बताएका छन् । तर कारबाहीको चर्चा बाहिर ल्याएर झूटो भ्रम छरिएको उनले बताएका छन् ।

शेर्पाले मोरङ जिल्ला कमिटीको आन्तरिक प्रतिस्पर्धासम्बन्धी आफूले गरेको टिप्पणीलाई आधार बनाएर कारबाही गर्न खोजिएको बताए । उनले उक्त टिप्पणीमा पार्टीविरुद्ध कुनै शब्द वा आशय नभएको दाबी गर्दै, ‘कुन वाक्यले पार्टीलाई असर गरेको हो?’ भनेर प्रश्न उठाएका छन् ।

उनले कारबाहीका खबरबारे जिल्ला कमिटीसँग जानकारी माग्दा नेताहरूले आफूहरू दबाबमा परेर निर्णय गरेको संकेत दिएको बताए। ‘म केन्द्रीय विभाग सदस्य हुँ भने कारबाहीको अधिकार जिल्ला कमिटीलाई छ?,’ उनले प्रक्रियामाथि यसरी प्रश्न उठाएका छन्।

शेर्पाले कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले व्यक्तिगत कारणले निरन्तर प्रतिशोध राख्दै आएको आरोप लगाएका छन् । ‘शेरधन राईकै निर्देशनमा कारबाही प्रक्रिया चलाइएको जिल्ला कमिटीका नेताहरूले मलाई बताएका छन्,’ उनले भने ।

उनले यो कारबाहीबाट पार्टीप्रतिको आफ्नो निष्ठा कुनै पनि कारबाहीले कमजोर नपार्ने स्पष्ट गरे । ‘कसैले निकालेर वा कारबाही गरेर मेरो विचार बदलिन्न। जीवनभर पार्टीको झन्डै ओढेर बिदा हुने मेरो सपना यथावत छ’, उनले भने ।

शेर्पाले व्यक्तिगत रिस–इर्षाका कारण पार्टी कमिटीलाई हतियार बनाउने प्रवृत्तिप्रति सचेत रहन एमाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ३० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु