पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक « Khabarhub

पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । 

सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । 

जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको धारणा राखिन् ।  

लेखक शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ३६ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को