सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुत बनाइने « Khabarhub

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुत बनाइने


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुत बनाइने बताएका छन् । 

गृह मन्त्रालयमा शुक्रबार मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री विमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाए । 

उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गर्नुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सो क्रममा उनीहरूबीच समग्र मुलुकको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रदेश–सङ्घीय सुरक्षा समन्वयलगायत पक्षलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ५० बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को