‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण « Khabarhub

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ ।

स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत आज कभर्ड हलमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई किट हस्तान्तरण गरे ।

सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई आवश्यक प्रशिक्षण सामग्री प्रदान गर्दै आगामी एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाइने बताए ।

उनका अनुसार खेलकुद संरचना, प्रविधि र वैज्ञानिक प्रशिक्षण प्रणालीलाई सुदृढ गर्दै नेपालले २०२६ को खेल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा राखेपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ५१ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को