प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान « Khabarhub

प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई ३५ हजार पाँच रुपैयाँ राशिको सम्मान तथा युवा कवि सुदेश सत्याललाई १५ हजार पाँच रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गरेका हुन् ।

पूर्वकुलपति उप्रेतीले भाषा साहित्य राष्ट्रको पहिचान भएको उल्लेख गर्दै निजीस्तरमा खुलेका साहित्यिक संस्थाले पुराना र नयाँ स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको धारणा राखे । 

सम्मानित स्रष्टा उपाध्यायको व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौडेलले तथा युवा प्रतिभा सत्यालबारे उपप्राध्यापक रुपक अलङ्कारले चर्चा गरेका थिए । रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजङग थापा भाषा, साहित्य र कला क्षेत्रलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजित १६औँ राष्ट्रव्यापी अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । 

यस वर्ष महाकवि देवकोटाको ‘वन’ कवितामा वक्तृत्वकला प्रतियोगिता गराइएको समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : २१ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को