पर्यटन पूर्वाधारमा लगानी बढाउन माग « Khabarhub

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् । पूर्वाधार अभावमा पर्यटकको रोजाइमा पर्ने स्थलहरू ओझेलमा परेको गुनासो उनीहरूको छ ।

पर्यटन कार्यालयले आज पाँचथरको फिदिममा आयोजना गरेको जिल्लास्तरीय पर्यटनसम्बन्धी अन्तरक्रियामा जनप्रतिनिधि, व्यवसायी तथा पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले पर्याप्त लगानीले मात्रै पर्यटन विकास परिणाममुखी हुने बताए । 

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रदेश र सङ्घ सरकारले फिदिम नगरपालिकाका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न पर्याप्त समन्वय नगरेको र बजेट नदिएको गुनासो गरे ।

‘स्थानीय तहमा बजेटको सीमितताले पूर्वाधारका काम गर्ने अवस्था छैन’, नगरप्रमुख काफ्लेले भने, ‘न पर्याप्त समन्वय भएको छ, न बजेट नै पाएका छौँ ।’

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बजेट माग्न धेरै धाए पनि पाउन नसकेको बताए । 

‘हामीले थप बजेट पाउने प्रतिबद्धता विशेषतः प्रदेश सरकारबाट पाउँछौँ । तर बजेट आएको छैन’, उनले भने । आङदेम्वेले कोशी प्रदेश सरकारले घोषणा गरे बमोजिम फाल्गुनन्द पर्यटन क्षेत्रमा पूर्वाधार विकास र प्रचारमा विशेष जोड दिनुपर्ने बताए ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घका सचिव सुवास तुम्बापोले किरात धर्मावलम्बीहरूका आस्थाका स्थलहरू सिलौटी र लब्रेकुटीमा आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाले यहाँ थप लगानी र प्रचार आवश्यक रहेको बताए । 

‘किरात धर्मावलम्बीहरू र किरात धर्मबारे चासो राख्ने सबैको आकर्षणको केन्द्र यी स्थान हुन्’, तुम्बापोले भने, ‘पछिल्ला दिनमा बढ्दो अध्यात्म प्रतिको चासोले यी स्थानको सम्वर्द्धनको आवश्यकतालाई थप बढाएको छ ।’

फिदिमकी घरवास सञ्चालक तृष्णा राईले पर्यटक आगमन कम हुँदा घरवासीहरू सञ्चालनमा कठिनाइ भएको बताइन् । उनले घरवास सञ्चालकलाई तालिम, आर्थिक सहयोग र पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताइन् ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण पर्यटन क्षेत्र धराशायी भएको र पर्यटन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र झस्किएको बताए । 

कोशी प्रदेश पर्यटन वर्ष सञ्चालक समितिका उपनिर्देशक कृष्ण शाहले कोशी प्रदेशमा भुटान, बङ्गादेश र भारतका पर्यटक भित्र्याउने योजना प्रदेश सरकारको रहेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ५० बजे

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री