गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार « Khabarhub

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ । 

बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले सो पुरस्कार हात पार्न सफल भएको हो । 

आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक विजेता टिम गणेशचोकले नगद तीन लाख दुई हजार ८२ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको रु ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कारबराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।

त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु एक लाख ५० हजार ८२ बराबरको अलैँची प्रदान गरिएको छ । तोक्पेगोलालाई करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको साँवाले बताए ।रासस 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ