४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ? « Khabarhub

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएको छ ।

यो सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको अभियान्ता केपी खनाल बनाउँछन् ।

अभियान्ता खनाल भन्छन्, ‘४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजे बाट नेपालमा नयाँ युवा युगको सुरुवातका निम्ति अब घन्टी बजाउँदै रास्वपाबाट ‘भावी प्रधानमन्त्री बालेन शाह ।’

छलफलका सुरुवातकर्ता एवम् रास्वपाका निवर्तमान सांसाद असिम शाह भने सहमति नयाँ सुरुवात भएको बताउँछन् । यसअघि उनकै निवासमा भएको छलफलले बालेन र रविबीच सहमतिको ढोका खोलेको थियो । उनले सात बुँदे सहमतिका तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘शुभ बिहानी “नयाँ शुरुवात’’ ।

रवि र बालेनबीच आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो । रवि र बालेनले सहमतिमा हस्ताक्षर गरेपछि त्यहाँ खिँचिएको सामूहिक तस्बिरमा रास्वपा उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेसँगै नेताहरु शिशिर खनाल, असिम साह देखिएका छन् ।

त्यसैगरी यी सहमतिकाे साक्षीका रुपमा कुमार बेन, सुदिप ढकाल, केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेतसमेत छन् । सहमतिपछि रवि र बालेनले हात मिलाएको र अंकमाल गरेका तस्बिर सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : २३ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६