रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू « Khabarhub

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा– छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए । 

गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए  ।
 
ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व रू २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन  सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो । रासस
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ५९ बजे

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला

बालेनलाई रास्वपामा मिल्नेछ रविपछिको हैसियत

काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि

मह र च्याउ खेतीको प्रवर्द्धन गर्न सरकारले ल्यायो नयाँ कार्यविधि 

काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते