चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण « Khabarhub

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । ‘फेङ्ग्युन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो ।

प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ । ‘फेङ्ग्युन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पुर्‍याउँछ ।

यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : ४० बजे

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि

म्यान्मामा विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण, १७ जनाको मृत्यु भएको आशङ्का

याङ्गुन- म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा

भीरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट खसेर एक विद्यार्थी

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

जनकपुरधाम- त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने