पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने « Khabarhub

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते आयोजना हुने भएको छ ।

जेन-जी आन्दोलनका कारण यसअघि प्रभावित भएको अवार्ड पुस २३ गते बुधबार पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले जनाएको हो ।

अवार्डअघि पुस २२ गते एनएसजेएफ स्पोट्र्स समिट पनि पोखरामा नै आयोजना गरिने मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा पुरस्कार वितरण गरिनेछ ।

जसमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयरका विजेतालाई पुरस्कार दिइने मञ्चले जनाएको छ ।

पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ तत्काल सुरु भएर पहिलेकै भोटमा थप हुने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

यस विधाका मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । अध्यक्ष अधिकारीले जस्तोसुकै परिस्थीतिमा पनि स्पोर्ट्स अवार्डलाई निरन्तरता दिने बताए।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ०४ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि