चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू) « Khabarhub

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो ।

आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा खान दिइएको थियो ।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए ।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेका छन् । 

महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए।

तस्बिरहरु : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : १२ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका