वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार « Khabarhub

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । 

माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो । 

माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताइन् । ‘बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो’, उनले भनिन् । 

माइती नेपालले सन् २०२४ मा सीमाक्षेत्रबाट एक सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने सन् २०२३ मा भने एक सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो ।

‘जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेका छन्’, पर्यवेक्षक पौडेलले भनिन्, ‘१९ वर्षमाथिको सङ्ख्या भने एक सय २३ जना रहेका छन्  ।’ 

माइती नेपालले सन् २०२५ मा करिब २० हजार दुई सय ३१ सवारीसाधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखनविरुद्धको जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : १८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका