प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन « Khabarhub

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिले आफूहरूलाई ठूलो असर नपर्ने बताएका छन् ।

रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नरहेको जवाफ पनि उनले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बालेन-रवि ७ बुँदे सहमति र एकताबारे पत्रकारहरूले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

रवि र बालेन दुवैमाथि यअसघि नै गम्भीर प्रश्न उठेको भन्दै उनले उनीहरू मिल्दैमा कांग्रेसलाई कुनै असर नपर्ने जिकिर गरेका छन् ।

‘पुराना दल त्यसमा पनि कांग्रेस नै अहिलेसम्मको विश्वसनीय पार्टी हो। यसको धेरै ठूलो जनधार देशैभरि फैलिएको छ’, उनले भने, ‘उहाँहरू दुवै विरुद्ध गम्भीर प्रश्नहरू उठेका छन्। यसअघि नै उहाँहरूका क्रियाकलापमाथि गम्भीर प्रश्न उठेको छ, त्यसैले उहाँहरू मिल्दैमा कांग्रेस आत्तिएको छैन। मिल्न त उहाँहरूलाई स्वतन्त्र अधिकार छ नि।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ३५ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने