भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ « Khabarhub

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिक्रानीलाई पक्राउ गर्न अनुमति दिएको थियो । सोहीअनुसार खोजतलासका क्रममा आज मलङ्गवा–२ बाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

वडाध्यक्षलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ०६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले