तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ « Khabarhub

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्दा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्दा), भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विके र अन्जु नेपाली (अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकार मुद्दा) रहेका छन् ।

यस्तै घिरिङ गाउँपालिका–२ का तिलबहादुर श्रेष्ठ (चेक अनादर मुद्दा) तथा व्यास नगरपालिका–३ का ३४ वर्षीय जोशनाबानु राना (बैङ्किङ कसुर मुद्दा) रहेका छन् । सबै जनालाई आजै अदालत उपस्थिति गराइएकामा तोकिएको जरिवाना तिरेर छुटेको उनले बताए ।

यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँ तोडफोड गरी फरार भएका कैदीमध्ये शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगाना भई हाल भिमाद गाउँपालिका–९ मा बस्दै आएका २७ वर्षीय प्रकाश विकेलाई पनि पक्राउ गरी आज कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ११ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन