रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता « Khabarhub

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सहकार्यको बाटो खोज्दै संवादमा बसेका छन्।

रास्वपाका एक नेताका अनुसार आइतबार राति काठमाडौं महानगरपालिकाको एक कोठामा उनीहरुबीच पार्टी एकताबारे निर्णायक छलफल भइरहेको बताइएको छ ।

शनिबार राति करिब सात घण्टासम्म चलेको वार्तापछि बालेन र रविबीच सहकार्य गर्ने सहमति भएको थियो । जसमा निर्वाचनपछि सरकार सञ्चालनको भूमिका बालेनले लिने र रविले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । त्यही छलफलमा नै कुलमानलाई पनि समेट्ने प्रयास गरिएपनि कुलमानले फोन नउठाउँदा सम्भव भएको थिएन ।

कुलमानले आइतबार मात्रै पोखरामा भएको एक कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : १२ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल