मध्यपश्चिमलाई जय नेपाल कपको उपाधि « Khabarhub

मध्यपश्चिमलाई जय नेपाल कपको उपाधि


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपश्चिम विश्व विद्यालयले जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा मध्यपश्चिमले लखनउ विश्वविद्यालयलाई ५८ रनले हराएको हो।

मध्य पश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ११७ रनमा सीमित भयो।

लखनउका मनन कन्डपालले ५७ बलमा ५८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

मध्यपश्चिमका दिवन पुनले ४ ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। विपिन खत्रीले कुनै विकेट नलिए पनि ४ ओभरमा १० रन मात्र दिएर कसिलो बलिङ गरे।

यसअघि सुरुमा ब्याटिङ गरेको मध्यपश्चिमले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

प्रतियोगितामा विपिन कार्की उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट बलरको उपाधिसमेत कार्कीले पाए। लोकेश बम उत्कृष्ट ब्याट्सम्यान चुनिए।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ५९ बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५