सहिदलाई सम्झिँदै प्रधानमन्त्रीले भने- लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँ « Khabarhub

सहिदलाई सम्झिँदै प्रधानमन्त्रीले भने- लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले लोकतन्त्र अराजकता नभएको भन्दै लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताए ।

उनले मुलुकको व्यवस्था वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटो र विधिबाट गर्न सकिने धारणा राखे।

देशको रक्षा, विकास र सुशासनका लागि वर्तमान सरकार अगुवाइ गर्न तत्पर रहेको उनले बताए । ओलीले संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नका लागि सवैका साथ सहमति बनाएर संविधान संशोधन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले मुलुकको विद्यमान प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने शृङ्खला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्ट रुपमा अघि बढिरहेको जनाए ।

प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका सहिदहरूले गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : १३ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र