सहिदलाई सम्झिँदै प्रधानमन्त्रीले भने- लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँ « Khabarhub

सहिदलाई सम्झिँदै प्रधानमन्त्रीले भने- लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले लोकतन्त्र अराजकता नभएको भन्दै लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताए ।

उनले मुलुकको व्यवस्था वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटो र विधिबाट गर्न सकिने धारणा राखे।

देशको रक्षा, विकास र सुशासनका लागि वर्तमान सरकार अगुवाइ गर्न तत्पर रहेको उनले बताए । ओलीले संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नका लागि सवैका साथ सहमति बनाएर संविधान संशोधन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले मुलुकको विद्यमान प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने शृङ्खला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्ट रुपमा अघि बढिरहेको जनाए ।

प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका सहिदहरूले गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : १३ बजे

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार