अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ « Khabarhub

अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रुपमा पुगेका आप्रवासीको भागभाग भइरहेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा पनि १४ लाख अवैध आप्रवासीलाई देशबाट निकाल्ने घोषणा गरिसकेका छन् ।

त्यही घोषणाअनुसार नेपाल, भारत र कोलम्बियासहितका देशका नागरिकहरूलाई धमाधम पक्राउ गर्न थालिएको छ । अवैध रुपमा कागजातबिना बसेकाहरूको दशा सुरु भइरहँदा यता अमेरिका नै पठाउने नाममा भइरहेको ठगी पनि उस्तै छ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ निवासी २५ वर्षीय भुवन कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेर हिरासतमा लिएको हो ।

उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनले अमेरिका पठाइदिने भन्दै अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताएका छन्। आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की भागेका थिए ।

सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको आचार्यले बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ३३ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि