प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो « Khabarhub

प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ९० जनामध्ये ३० जनाको ज्यान गएको हो ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको हो । उत्तर प्रदेश सरकारले भागदौडमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो।

महाकुम्भ मेला क्षेत्रका डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरेर मृत्यु हुनेको संख्या ३० पुगेको बताएका छन् ।

उनका अनुसार भागदौडका क्रममा घाइतेमध्ये ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३० जनाको ज्यान गएको निश्चित भएको छ । अहिलेसम्म यीमध्ये २५ जनाको सनाखत भइसकेको छ।

जसमध्ये कर्नाटकका चार, गुजरातका एक श्रद्धालुको मृत्यु भएको पुष्टि भइसकेको छ। ६० जना घाइतेको उपचार भइरहेको छ। गंगा नदीमा लगाइएको बार भाँच्चिएपछि भागदौड भएको थियो ।

पुलिसका अनुसार अहिले अवस्था सामान्य छ । भीड व्यवस्थित गर्ने हरसम्भव कोशिश भएको छ। सर्वसाधारणलाई स्नानका लागि कयौँ घाटको व्यवस्था गरिएको छ ।

अहिलेसम्म ५.७१ करोडभन्दा धेरै मानिसले त्रिवेणीमा डुबुल्की लगाइसकेका छन् । उत्तर प्रदेश सूचना विभागका अनुसार अहिलेसम्म ५.७१ करोडले त्रिवेणीमा मात्रै डुबुल्की लगाइसकेका छन् । २८ जनवरीसम्म जम्मा १९ करोड ९४ लाख मानिसले डुबुल्की मारिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : १४ बजे

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

एजेन्सी– युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका