स्रोत नखुलेको ६ लाखसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको ६ लाखसहित भारतीय नागरिक पक्राउ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन्। 

उनलाई पर्सा, वीरगन्ज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको लम्सालले बताए।

यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना१४प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : २३ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण