सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित « Khabarhub

सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।

त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरुले जनही रु ५० हजार प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ३५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा