श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अुनमान « Khabarhub

श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अुनमान


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

श्रीलङ्का – श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १.३५ ट्रिलियन रुपैयाँ (लगभग ४.६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताएका छन् । जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

मङ्गलबार आयोजित आर्थिक शिखर सम्मेलनमा दिसानायकेले यस्तो बताएका हुन् । उनले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताए ,

“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।”

श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उनले जानकारी दिए । यो समयलाई ६ महिनामा झार्ने उनले वाचा गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ०५ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार