मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ : कमल थापा « Khabarhub

मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ : कमल थापा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित भएमात्र सहिदको आत्माले शान्ति पाउने बताएका छन् ।

सहिद दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलीसभामा उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए । उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने विश्वास व्यक्त गरे ।

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

श्रद्धान्जलीसभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै