तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं « Khabarhub

तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व राजा समर्थकको नाममा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा अराजकता भड्काउने दुर्गा प्रसाईं आन्दोलन चर्किएपछि सटरमा लुकेको खुलेको छ।

आन्दोलनकारीलाई हिंसात्मक बन्न उक्साएर प्रसाईं आफू भने सटरमा लुकेर अर्कै गाडी चढेर प्रदर्शनस्थलबाट भागेको भिडियो सामाजिक सञ्जालमार्फत् सर्वजनिक भएको हो। प्रसाईंले निषेधित क्षेत्र तोडेपछि आन्दोलन भड्किएको थियो।

आन्दोलनमा हिंसा भड्काउन उक्साउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा, आन्दोलनरत राजावादी समूहका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन्। आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।

दुर्गा प्रसाईंको भने खोजी भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेका सबैलाई प्रहरीले डकैती, आगजनी, संगठित अपराध, हत्यासहितका मुद्दा लगाउनेगरी प्रतिवेदन तयार पारिरहेको छ।

प्रहरीले अन्य व्यक्ति पक्राउ गरे पनि राजावादीका संयोजक भनिएका नवराज सुवेदीलाई घरमै निगरानीमा राखेको जनाएको छ।

यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ प्रसाईंलाई प्रहरीले खोजिरहेको छ। पक्राउ पर्ने सूचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए। त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कबिहीन भएका हुन्। उनलाई प्रहरीले खोजी रहेको छ।

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे जानकारी छैन। शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ०३ बजे

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको