आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल « Khabarhub

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार भएको पूर्वराजा समर्थकको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले हिजोको घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थलाभको कामना समेत गरेका छन् । उनले एकै दिन दुईवटा जनप्रदर्शन भए पनि विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रहेको बताए ।

महासचिव पोखरेलले समाजवादी मोर्चाको कार्यक्रम शान्त, मर्यादित एवं सन्देश मुलुक र पूर्वराजा समर्थकको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रहेको उल्लेख गरेका छन्।

‘व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्दछ । त्यसमा पूर्वराजा समर्थकहरू पूर्णतः असफल भए । बरू उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्ने नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

महासचिव पोखरेलले कसैको निहित स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने आवश्यक रहेको धारणा राखेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ५३ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि