विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ « Khabarhub

विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरेको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलनमा सहभागी खतिवडालाई शनिबार पक्राउ गरिएको हो । 

उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । खतिवडालाई संयुक्त जनआन्दोलन समिति ‘जनकमान्डर’समेत रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गुरु मान्दै आएका छन् । 

तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक आन्दोलनमा खतिवडा सुरक्षाकर्मीमाथि ढुंगा हान्दै गरेको अवस्थामा देखिएका थिए । प्रसाईंलाई पनि प्रहरीले खोजी रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ०४ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध