आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा  « Khabarhub

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । काठ व्यापारीहरूसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले शनिवार पदबाट राजिनामा दिएका हुन् ।

गत असोजमा भएको छलफलका क्रममा गरिएको आर्थिक लेनदेनसम्बन्धी कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । 

कैलालीको टीकापुरमा रहेका चौधरीलाई धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका थिए । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : १० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा