आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा  « Khabarhub

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । काठ व्यापारीहरूसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले शनिवार पदबाट राजिनामा दिएका हुन् ।

गत असोजमा भएको छलफलका क्रममा गरिएको आर्थिक लेनदेनसम्बन्धी कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । 

कैलालीको टीकापुरमा रहेका चौधरीलाई धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका थिए । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : १० बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान