सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै  | Khabarhub Khabarhub

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । 

दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ । 

‘हिजोको हिंसात्मक घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा सुवेदी र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबसँग भने, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’

पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो । दिनभर तनावग्रस्त बनेको तीनकुने क्षेत्रमा एकजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो । 

राजावादीले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् । 

पूर्वराजाका समर्थकले थप १० ठाउँमा लुटपाट गरेको प्रहरीले जनाएको छ । घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

तीनकुने क्षेत्रमा भएको हिसांत्मक आन्दोलनमा दोषी ठहर गर्दै प्रहरीले संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको खोजी गरिरहेको छ । प्रहरीले जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखेको छ । 

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३३ बजे

अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा संविधानको व्यवस्था, मर्म र भावना

तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

राजावादीको आगजनीले जडीबुटी कम्पनीमा मात्रै २८ करोडको क्षति

काठमाडौं- कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा गत शुक्रबार

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? नगर्नुहोस् यस्तो गल्ती

काठमाडौं–  भनिन्छ दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईँ दिनभर फिट

मीनबहादुर भन्छन्- दुर्गा प्रसाईंजस्ता लुटेराहरूले ल्याएको परिवर्तन चाहिँदैन

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार भएको राजवादीहरूको