भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो « Khabarhub

भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले शनिबार बताएका छन् । 

म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्‍याएपछि म्यान्माको सैनिक नेतृत्वप्रति वफादार सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको थियो । 

म्यान्माको जुन्टा प्रमुख मिन आङ ह्लाइङले अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपिल जारी गर्नुभएको थियो । यसले अहिलेसम्म् कम्तीमा एक हजार जनाको मृत्यु भएको र एक हजार ६७० जना घाइते भएको सरकारद्वारा पुष्टि गरिएको विपत्तिको गम्भीरतालाई संकेत गरेको छ । 

विगतका सैन्य सरकार ठूला प्राकृतिक विपत्तिमा पनि विदेशी सहायता झट्ट स्वीकार नगर्ने गरेपनि शुक्रबारको भूकम्पपछि तत्काल अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपिल जारी गर्नुले म्यान्मामा व्यापक मानवीय तथा भौतिक संरचनाको क्षति भएको अनुमान गर्न सकिन्छ । 

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्यान्नका प्याकेट र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए । 

उनले भने, ‘यस उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ । हामी घटनाक्रमको अनुगमन जारी राख्नेछौ र थप सहयोग पठाउने क्रमलाई जारी राख्नेछौँ ।’ 

मन्त्रीले सामाजिक सञ्जालमा भारतको राष्ट्रिय विपद् प्रतिकार्य निकायका सदस्यहरूले विमानमा सामान लोड गरिरहेको तस्बिरहरू साझा गरेका छन् ।
 शुक्रबारको भूकम्पले म्यान्माको दोस्रो ठूलो शहर मान्डालेमा भवन, पुल र सडकहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भविद्का अनुसार म्यानमामा गएको यो एक शताब्दी यताकै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पको केन्द्रबिन्दुबाट सयौँ किलोमिटर टाढा रहेको थाइल्याण्डको बैंककमा रहेका भवनहरूमा ठूलो क्षति पुगेको छ। 

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।