भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ « Khabarhub

भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नियोजित ढंगले राजावादीबाट आक्रमण भएको बताएका छन् । कोटेश्वरस्थित भाटभटेनीमा शुक्रबार राजावादी समूहले लुटपाट गरेपछि उनले नियोजित ढंगले आक्रमण भएको प्रतिक्रिया दिएका हुन् । 

‘म व्यवसायी भए पनि राजनीतिमा ०३५–३६ सालदेखि नै हामीलाई ज्ञान छ । यस्तो घटना मैले जीवनमा देखेको थिएन,’ गुरुङले भनेका छन्, ‘प्राइभेट सेक्टरको व्यवसायीलाई आक्रमण गर्नु भनेको बहुत दुःखद् हो । यो घटना नियोजित हो । कान्तिपुर, अन्नपूर्ण, भाटभटेनीलाई आक्रमण गर्नु भनेको नियोजित नै हो ।’ 
  
उनले राजावादीहरू गलत बाटोमा गएको पनि टिप्पणी गरे ।

 ‘नहुने काम गरे । गलत बाटो गए । यो मिडिया हाउसको तोडफोड, व्यवसायीको तोडफोड गरेर गलत काम भयो । बिल्कुल गलत काम भयो,’ सञ्चालक गुरुङले भने । 

उनले क्षतिको विवरण संकलन भइरहेको भन्दै आन्दोलनकारीले भाटभटेनीबाट ठूलो संख्यामा मोबाइल, घडी, मदिरा आदि लगेको बताए ।

 ‘सिसाहरू पूरै फुटेको छ, त्यसको इन्जिनियरहरूले हिसाब गर्दैछन्,’ गुरुङले भने, ‘बाहिर भएको धेरै सामान लुटपाट गरे । मोबाइलहरू धेरै लगे । घडीहरू सबै लगे । बियर, ह्विस्की धेरै लगे । यो नहुने काम भयो ।’

बंगलादेशको शैलीमा राजावादीले लुटे कोटेश्वरको भाटभटेनी सुपर स्टोर

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  २ : २६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा