भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ « Khabarhub

भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नियोजित ढंगले राजावादीबाट आक्रमण भएको बताएका छन् । कोटेश्वरस्थित भाटभटेनीमा शुक्रबार राजावादी समूहले लुटपाट गरेपछि उनले नियोजित ढंगले आक्रमण भएको प्रतिक्रिया दिएका हुन् । 

‘म व्यवसायी भए पनि राजनीतिमा ०३५–३६ सालदेखि नै हामीलाई ज्ञान छ । यस्तो घटना मैले जीवनमा देखेको थिएन,’ गुरुङले भनेका छन्, ‘प्राइभेट सेक्टरको व्यवसायीलाई आक्रमण गर्नु भनेको बहुत दुःखद् हो । यो घटना नियोजित हो । कान्तिपुर, अन्नपूर्ण, भाटभटेनीलाई आक्रमण गर्नु भनेको नियोजित नै हो ।’ 
  
उनले राजावादीहरू गलत बाटोमा गएको पनि टिप्पणी गरे ।

 ‘नहुने काम गरे । गलत बाटो गए । यो मिडिया हाउसको तोडफोड, व्यवसायीको तोडफोड गरेर गलत काम भयो । बिल्कुल गलत काम भयो,’ सञ्चालक गुरुङले भने । 

उनले क्षतिको विवरण संकलन भइरहेको भन्दै आन्दोलनकारीले भाटभटेनीबाट ठूलो संख्यामा मोबाइल, घडी, मदिरा आदि लगेको बताए ।

 ‘सिसाहरू पूरै फुटेको छ, त्यसको इन्जिनियरहरूले हिसाब गर्दैछन्,’ गुरुङले भने, ‘बाहिर भएको धेरै सामान लुटपाट गरे । मोबाइलहरू धेरै लगे । घडीहरू सबै लगे । बियर, ह्विस्की धेरै लगे । यो नहुने काम भयो ।’

बंगलादेशको शैलीमा राजावादीले लुटे कोटेश्वरको भाटभटेनी सुपर स्टोर

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  २ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना