पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ?  « Khabarhub

पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ? 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चैत १५ (शुक्रबार)को अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । बीपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीले जे हिंसात्मक र दुःखद घटना घटाए, त्यसप्रति मेरो खेद छ । घटनाको म भर्त्सना गर्दछु,’ नेता सिटौलाले भने, ‘घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन रु हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ ।’ 

सिटौलाले पूर्वराजा ज्ञानेन्द्रले सरकारबाट पाएको सम्मान र सुरक्षाको पनि ख्याल गर्नु सुझाव दिए ।

 ‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुन–जुन कुराहरू उठान भएका छन । त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ,’ सिटौलाले भने, ‘उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’
 
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदाको समयजस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे । राजाहरूको पटक-पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको भन्दै सिटौलाले गणतन्त्र न उल्टिने पनि जिकिर गरे ।

‘गणतन्त्र अहिलेको महान उपलब्धि हो । राजाहरूको पटक–पटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो,’ कांग्रेस नेता सिटौलाले भने, ‘लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो । यी उल्टिँदैनन् ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : १४ बजे

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की चिनी खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो