पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ?  | Khabarhub Khabarhub

पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ? 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चैत १५ (शुक्रबार)को अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । बीपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीले जे हिंसात्मक र दुःखद घटना घटाए, त्यसप्रति मेरो खेद छ । घटनाको म भर्त्सना गर्दछु,’ नेता सिटौलाले भने, ‘घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन रु हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ ।’ 

सिटौलाले पूर्वराजा ज्ञानेन्द्रले सरकारबाट पाएको सम्मान र सुरक्षाको पनि ख्याल गर्नु सुझाव दिए ।

 ‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुन–जुन कुराहरू उठान भएका छन । त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ,’ सिटौलाले भने, ‘उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’
 
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदाको समयजस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे । राजाहरूको पटक-पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको भन्दै सिटौलाले गणतन्त्र न उल्टिने पनि जिकिर गरे ।

‘गणतन्त्र अहिलेको महान उपलब्धि हो । राजाहरूको पटक–पटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो,’ कांग्रेस नेता सिटौलाले भने, ‘लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो । यी उल्टिँदैनन् ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : १४ बजे

लोडसेडिङ हटेपछि निर्यात उद्योग खुसी

काठमाडौं– उद्योगमा लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी भएका छन् ।

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं- आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति

एमाले कार्यकर्तालाई जागिर खुवाउन बन्द उद्योगमा पदाधिकारी नियुक्त गरिँदै

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी स्थापनादेखि नै व्यावसायिक

अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा संविधानको व्यवस्था, मर्म र भावना