म्यान्मार भूकम्पमा परेर १७ जना नेपालीको मृत्यु « Khabarhub

म्यान्मार भूकम्पमा परेर १७ जना नेपालीको मृत्यु


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्मारमा शुक्रबार गएको भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपालीभाषीको निधन भएको छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीको शव भेटिएको छ। 

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार अरु नेपालीभाषीको शव खोजी भइरहेको छ। 

‘सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ। निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ।’

शुक्रबार त्यहाँ ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यो भूकम्पले थाइल्याण्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ। 

म्यान्मारमा अहिलेसम्म १ हजारभन्दा धेरैको शव भेटिइसकेको छ। सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ अहिले पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ। दशौँ हजार मानिस मारिएको हुनसक्ने उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : २६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला