राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन « Khabarhub

राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को त्रि–चन्द्र क्याम्पस इकाईले राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा प्रदर्शन गरेको छ । 

नेविसंघले शनिबार क्याम्पस प्राङ्गण अगाडि नाराबाजी गर्दै कोणसभा गरेको हो । कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मन्तव्य दिएका थिए । 

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध सलबलाएको आपराधिक गतिविधिलाई निस्तेज पार्न कार्यक्रम गरिएको नेविसंघ नेता अशोक धामीले बताए । केन्द्रीय सदस्य केशरजंग बमले दशकौं अघि दाहसंस्कार गरिएको राजतन्त्रको प्रतिवादका लागि संगठन सचेत रहेको बताए । 

कोणसभा आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजक र कीर्तिपुरका बासिन्दा सविन महर्जनलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेविसंघले गणतन्त्रका पक्षमा नाराबाजी गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ५० बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला