तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी « Khabarhub

तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार तीनकुने, कोटेश्वर र नरेफाँट क्षेत्रमा भएको तोडफोड र विध्वंसलाई लिएर काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहसहितलाई जरिवाना तिराउने तयारी गरेको छ । 

महानगरको टोलीले राजावादीहरूबाट विध्वंस मच्चाएको क्षेत्रमा स्थलगत अनुगमन गरेर मेयर बालेन्द्र साहलाई प्रतिवेदन बुझाइसकेको छ । 

‘क्षतिको अवस्था हेर्दा जरिवाना रकम कम्तीमा पनि १० लाख हुन सक्छु, स्रोतले भन्यो, जरिवाना लागि पुर्जी कसको नाममा काट्ने भनेर छलफल भइरहेको छ ।’

महानगर स्रोतले बताएअनुसार जरिवाना पुर्जी काट्न राजावादी आन्दोलन समिति संयोजक नवराज सुवेदी, राजावादीले बिहीबार जनकमान्डर घोषणा गरेका दुर्गा प्रसाईं र निर्मल निवासस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको नामबारे पनि छलफल जारी छ ।

‘छलफलपछि जरिवाना पूर्जी आजै काटिन्छ । सम्भवतः निर्मल निवासका नाममा जरिवाना पुर्जी काटिन्छ । जरिवाना रकम १० लाख आसपास हुन सक्छु, स्रोतले खबरहबलाई भन्यो ।

महानगरका एक अधिकारीले बताएअनुसार राजावादीले तीनकुने, कोटेश्वर क्षेत्रका कयौँ संरचना ध्वस्त बनाएका छन् । तीनकुनेस्थित एक घरमा राजावादीले लगाएको आगो निभाउन गएको दमकल तोडफोड गरिएको छ । दमकल चालक र अन्य कर्मचारी पनि घाइते भएका छन् ।

यदि महानगरले पूर्वराजासहितका राजावादीको नाममा १० लाख आसपासको जरिवाना पुर्जी काटेमा यो अहिलेसम्मकै उच्च हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको