तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी « Khabarhub

तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार तीनकुने, कोटेश्वर र नरेफाँट क्षेत्रमा भएको तोडफोड र विध्वंसलाई लिएर काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहसहितलाई जरिवाना तिराउने तयारी गरेको छ । 

महानगरको टोलीले राजावादीहरूबाट विध्वंस मच्चाएको क्षेत्रमा स्थलगत अनुगमन गरेर मेयर बालेन्द्र साहलाई प्रतिवेदन बुझाइसकेको छ । 

‘क्षतिको अवस्था हेर्दा जरिवाना रकम कम्तीमा पनि १० लाख हुन सक्छु, स्रोतले भन्यो, जरिवाना लागि पुर्जी कसको नाममा काट्ने भनेर छलफल भइरहेको छ ।’

महानगर स्रोतले बताएअनुसार जरिवाना पुर्जी काट्न राजावादी आन्दोलन समिति संयोजक नवराज सुवेदी, राजावादीले बिहीबार जनकमान्डर घोषणा गरेका दुर्गा प्रसाईं र निर्मल निवासस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको नामबारे पनि छलफल जारी छ ।

‘छलफलपछि जरिवाना पूर्जी आजै काटिन्छ । सम्भवतः निर्मल निवासका नाममा जरिवाना पुर्जी काटिन्छ । जरिवाना रकम १० लाख आसपास हुन सक्छु, स्रोतले खबरहबलाई भन्यो ।

महानगरका एक अधिकारीले बताएअनुसार राजावादीले तीनकुने, कोटेश्वर क्षेत्रका कयौँ संरचना ध्वस्त बनाएका छन् । तीनकुनेस्थित एक घरमा राजावादीले लगाएको आगो निभाउन गएको दमकल तोडफोड गरिएको छ । दमकल चालक र अन्य कर्मचारी पनि घाइते भएका छन् ।

यदि महानगरले पूर्वराजासहितका राजावादीको नाममा १० लाख आसपासको जरिवाना पुर्जी काटेमा यो अहिलेसम्मकै उच्च हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ५५ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने