धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा « Khabarhub

धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधिसभाका सदस्य धवलशमशेर जबरा पक्राउ परेको पत्र काठमाडौं प्रहरी परिसरबाट संसद् सचिवालयमा पुगेको छ ।

शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा मच्चाइएको विध्वंस र तोडफोडलाई लिएर सांसद जबरा निवासबाटै पक्राउ परेका थिए । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जबरा पक्राउ परेको पत्र प्रहरीबाट आएको जानकारी दिए ।  पाण्डेयका अनुसार  धवलशम्शेरलाई राज्यविरुद्धको अपराध सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनी राजसंस्था पुनःस्थापना आन्दोलनका मुख्य सदस्यमध्ये एक हुन । उनीसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पक्राउ परेका छन् ।

शनिबार जबरा र मिश्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पुगेका थिए । यसैबीच राप्रपाले पक्राउ नेताहरूलाई रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : ५१ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान