सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन « Khabarhub

सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन


१५ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरू उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरूलाई प्रहरीले शुक्रबार नै राति घरबाट समातेको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको बताएका छन् ।

तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाले ठहर गरेको छ । उक्त घटनामा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरूले एक निजी घर, सार्वजनिक सम्पत्ति, सरकारी कारर्यालय, व्यवसायिक स्थल र कयौँ गाडीमा तोडफोड, आगजनी र लुट मच्चाएका थिए । उक्त प्रकरणमा अहिलेसम्म १११ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ५७ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला