सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन « Khabarhub

सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरू उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरूलाई प्रहरीले शुक्रबार नै राति घरबाट समातेको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको बताएका छन् ।

तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाले ठहर गरेको छ । उक्त घटनामा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरूले एक निजी घर, सार्वजनिक सम्पत्ति, सरकारी कारर्यालय, व्यवसायिक स्थल र कयौँ गाडीमा तोडफोड, आगजनी र लुट मच्चाएका थिए । उक्त प्रकरणमा अहिलेसम्म १११ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्