दलित सङ्घर्ष समितिले भन्यो : सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्नेछैन् « Khabarhub

दलित सङ्घर्ष समितिले भन्यो : सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्नेछैन्


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि प्रतिगामी शक्तिको षडयन्त्रबाट नढल्ने संयुक्त राजनीतिक दलित संघर्ष समितिले जनाएको छ ।

समितिको तर्फबाट आज प्रेस विज्ञप्ति जारी गर्दै दलितलगायत आम उत्पीडित, वर्ग, क्षेत्र र समुदायका आधारभूत मुद्दालाई सम्बोधन गर्दै लोकतान्त्रिक प्रणालीलाई अझै समृद्ध गर्न, कमिकमजोरी सच्याउन र खबरदारी गर्दै समितिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनैपनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट नढल्ने बताएका हुन् ।

समितिले मुलुकमा केही समयदेखि देखिएका अराजक र प्रतिगामी हर्कतहरूप्रति हामी संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चैत्र १५ गते काठमाडौंको तीनकुने, कोेटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समूह दाबी गर्ने अराजकतावादी दुर्गा प्रसाई र रविन्द्र मिश्रहरूको नेतृत्वको झुण्डले देखाएको उद्दण्डता र हिंसाको हामी घोर निन्दा र भर्तस्ना गरेको छ ।

‘विभिन्न राजनीतिक पार्टीका कार्यालय, सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चारगृहमाथि तोडफोड एवम् सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सिर्जना गरेकोमा हामीलाई आक्रोशित बनाएको छ । यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्र्सना गर्दछौं । यस कार्यमा संलग्न अपराधिक तथा आततायी तत्वहरूलाई यथासिघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न र यस्ता गतिविधिहरुमाथि पूर्ण नियन्त्रणका लागि कडा कदम चाल्न सरकारसँग जोडदार माग गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ३५ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्