नयाँ उपन्यास ‘हिँउको गीत’ विमोचन « Khabarhub

नयाँ उपन्यास ‘हिँउको गीत’ विमोचन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखराका साहित्यकार तीर्थ गुरुङको नयाँ उपन्यास ‘हिँउको गीत’को काठमाडौंमा विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शनिबार उक्त कृति विमोचन गरिएको हो ।

विमोचनमा लेखक सुविन भट्टराई, बिना थिङ र समाजशास्त्री डा। गणेश गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै सुविनले गुरुङको औपन्यासिक पुस्तकमाथि फिल्म बनाए अद्भूत हुने बताए ।

बिना थिङ तामाङले उक्त पुस्तक सबाल्र्टन लिटरेचर रहेको बताइन् । गणेश गुरुङले कृतिलाई गुरुङ इतिहासको यथार्थ चित्रणका रुपमा व्याख्या गरे ।

कार्यक्रम लेखक गुरुङ सुशान्तले चलाएका थिए भने लेखक परिचय अर्का लेखक भूपिनले दिएका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, लेखकहरू कुमार नगरकोटी, नारायण ढकाल, पत्रकार एवं लेखक यज्ञश तथा वरिष्ठ रंगकर्मी अनुप बराल लगायत सहभागी रहे ।

गुरुङको कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो । ४२७ पृष्ठको उपन्यासको हार्डकभर मूल्य १ हजार ९५ रुपैयाँ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ४१ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु