प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद « Khabarhub

प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको अछाम पुगेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा अध्यक्ष दाहाल अछाम पुगेका हुन् ।

अभियानका क्रममा अध्यक्ष दाहालसहितको टिमले अछामी समुदायको परम्परागत परिकार भक्सीको स्वाद लिएको छ ।

भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर आगोको भुङ्ग्रेमा पकाइन्छ । यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर बनाइने अर्को लोकप्रिय परिकार हो ।

स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा बेरेर पकाइएको भक्सी र डल्ला मासको स्वादले भरिपूर्ण परिकार खाजाका रूपमा ग्रहण गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०९ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम