छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी  « Khabarhub

छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ । यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन् ।

यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीँ तिनीहरूले कामसमेत गर्दैनन् । यस्तो अवस्थामा तपाईँ एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईँको छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ । किनभने, यसमा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालालाई डि हाइड्रेसनबाट बचाउँछ। घिउकुमारीको प्रयोग कस्ता तरिकामा गर्न सकिन्छ, हामी तपालाई बताउने छौँ ।

घिउकुमारी र मुलतानी माटो

गर्मी मौसममा हुने अधिकांश छालाको समस्या घिउकुमारीले कम गर्न सकिन्छ । यसका लागि मुलतानी माटोमा एलोभेरा मिसाएर अनुहारमा लगाउने । यो फेस मास्क बनाउन दुई चम्चा मुलतानी माटो र २ चम्चा ताजा घिउकुमारी (एलोभेडा) जेल लिनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। प्याकलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस् । यो फेस मास्कले अनुहारको चायाँ , दाग, झुर्रियाँ, सनबर्न र टेनिंगबाट छुटकारा पाउन मद्दत गर्दछ ।

घिउकुमारी र काँक्रो

घिउकुमारी र काँक्राेकाे फेस मास्क नरम र चम्किलो छालाको लागि स्वस्थ मानिन्छ। दुवै छालालाई शीतलता र ताजापन दिन्छ । तिनीहरूले टेनिंग र दाग कम गर्न पनि मद्दत गर्दछ । यसको प्रयोग गर्न एक चम्चा एलोभेरा जेल र काँक्रोको रस लिनुहोस् । राम्रोसँग मिलाएर अनुहारमा लगाउनु होस् र लगभग १५ मिनेटको लागि छोड्नुहोस्। यस पछि पानीले धुनुहोस् ।

घिउकुमारी र गुलाब जल

घिउकुमारी र गुलाबजल मिसाएर लगाउनाले छालाको जलन र तातोपन कम हुन्छ। साथै, यसले तपाईँको छालालाई नरम र चम्किलो बनाउँछ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा ताजा एलोभेरा जेल लिनुहोस् र त्यसमा गुलाब जलको केही थोपा मिसाउनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस् । यसपछि यसलाई १५ मिनेटसम्म छोडेर पानीले धुनुहोस् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ३८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर