छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी  « Khabarhub

छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ । यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन् ।

यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीँ तिनीहरूले कामसमेत गर्दैनन् । यस्तो अवस्थामा तपाईँ एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईँको छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ । किनभने, यसमा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालालाई डि हाइड्रेसनबाट बचाउँछ। घिउकुमारीको प्रयोग कस्ता तरिकामा गर्न सकिन्छ, हामी तपालाई बताउने छौँ ।

घिउकुमारी र मुलतानी माटो

गर्मी मौसममा हुने अधिकांश छालाको समस्या घिउकुमारीले कम गर्न सकिन्छ । यसका लागि मुलतानी माटोमा एलोभेरा मिसाएर अनुहारमा लगाउने । यो फेस मास्क बनाउन दुई चम्चा मुलतानी माटो र २ चम्चा ताजा घिउकुमारी (एलोभेडा) जेल लिनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस्। प्याकलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस् । यो फेस मास्कले अनुहारको चायाँ , दाग, झुर्रियाँ, सनबर्न र टेनिंगबाट छुटकारा पाउन मद्दत गर्दछ ।

घिउकुमारी र काँक्रो

घिउकुमारी र काँक्राेकाे फेस मास्क नरम र चम्किलो छालाको लागि स्वस्थ मानिन्छ। दुवै छालालाई शीतलता र ताजापन दिन्छ । तिनीहरूले टेनिंग र दाग कम गर्न पनि मद्दत गर्दछ । यसको प्रयोग गर्न एक चम्चा एलोभेरा जेल र काँक्रोको रस लिनुहोस् । राम्रोसँग मिलाएर अनुहारमा लगाउनु होस् र लगभग १५ मिनेटको लागि छोड्नुहोस्। यस पछि पानीले धुनुहोस् ।

घिउकुमारी र गुलाब जल

घिउकुमारी र गुलाबजल मिसाएर लगाउनाले छालाको जलन र तातोपन कम हुन्छ। साथै, यसले तपाईँको छालालाई नरम र चम्किलो बनाउँछ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा ताजा एलोभेरा जेल लिनुहोस् र त्यसमा गुलाब जलको केही थोपा मिसाउनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस् । यसपछि यसलाई १५ मिनेटसम्म छोडेर पानीले धुनुहोस् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ३८ बजे

केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा