दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी « Khabarhub

दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य समेत लिएको छ । त्यसै गरी, यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।

यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरूमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यस प्रयास मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरूमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । 

साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ५८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक