दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी « Khabarhub

दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य समेत लिएको छ । त्यसै गरी, यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।

यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरूमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यस प्रयास मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरूमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । 

साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ५८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई